काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सहमतिमै अध्यादेश ल्याएकाले चर्चा परिचर्चा गर्न आवश्यक नभएको बताएका छन् । विगतमा सरकारभन्दा बाहिर रहेका वेला ल्याएका अध्यादेशका विरुद्ध खरो रुपमा उत्रने गगन थापाको शैलीलाई लिएर आलोचना हुन थालेपछी थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने, ‘अध्यादेशको विषयमा कुरा भयो। अध्यादेश ल्याएको कुरा महामन्त्री गगनकुमार थापाले जानकारी गराउनुभयो। सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो, पोजेटिभ कुरा भयो, यसमा चर्चा परिचर्चा गर्ने कुरा भएन। ’
उनले सहमतिमा अध्यादेश आएकाले विस्तृत छलफल नभएको उल्लेख गरे। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो।
