काठमाडौं । ग्राहकसँग यौन दुव्र्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालक पक्राउ परेका छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । इनड्राइभका चालक बरालले यौन दुव्र्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो । मुग्लिनदेखी काठमाडौ आउनका लागी इन्ड्राइभका चालकले बाटोमा एक घण्टा बस्नुपर्ने भन्दै दुव्र्यवहार गरेको बताएकी थिइन् ।
यौन दुर्व्यवहार गरेको अभियोगमा इनड्राइभका चालक पक्राउ
यौन दुर्व्यवहार गरेको अभियोगमा इनड्राइभका चालक पक्राउ
तपाईको प्रतिक्रिया
