काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले एक महिलाको निःशुल्क उपचार गरिदिएका छन् ।
डा. शर्माले मोरङको कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको निःशुल्क उपचार गरिदिएका हुन् ।
लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म रहेकी कौशिलाको डा। शर्माले निःशुल्क उपचारको व्यवस्था गरेका हुन् ।
कौशिलाले आर्थिक अभावका कारण उपचार गराउन पाएकी थिइनन् । उनी उपचार नपाएर लामो समयदेखि मृत्युसँग लडिरहेकी थिइन् ।
उनको पीडादायक अवस्थाको जानकारी समाजसेवी गोपाल सङ्ग्रौलामार्फत डा। शर्माले पाएका थिए ।
डा। शर्माले नोबेल मेडिकल कलेजका कर्मचारीलाई एम्बुलेन्ससहित घटनास्थलमा पठाएर उनलाई अस्पताल ल्याएका थिए ।
हाल उनको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भइरहेको छ ।
