काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले उनका समर्थक तथा कार्यकर्ताहरूलाई छल्दै विमानस्थलबाट बाहिर निकालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि भेला भएका कार्यकर्ताको आँखा छल्न प्रहरीले उनलाई नेपाल आयल निगमको वैकल्पिक बाटोबाट बाहिर निकालेको हो।
विमानस्थलमा भीडभाड र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लामिछानेलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन प्रशासनले यो गोप्य मार्ग अपनाएको बताइएको छ।
स्रोतका अनुसार उनलाई सिधै नख्खु कारागार लगिँदैछ।
