काठमाडौँ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। बिहिबार माइतीघरमा भेला भएर नाराबाजी गरिरहेका दर्जनौँ युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदर्शनकारी युवाहरूले ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, र ‘सीमा अतिक्रमण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। उनीहरूले भारतविरुद्ध चर्को नाराबाजी गर्दै केहीबेर सडकमा प्रदर्शन गरेका थिए।
