काठमाडौँ | झापामा रहेको झापा इनर्जी कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७३ हजार ३३६ कित्ता सेयर (आईपीओ) खुलाएको छ। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ।
सेयरमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदनको अवधिको अन्तिम मिति भने भदौ २४ सम्म रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा प्रति सेयर ४.७२ रुपैयाँ नोक्सान र प्रति सेयर नेटवर्थ ९५.४० रुपैयाँ दर्ता गरेको छ। सञ्चित नोक्सानी १.३१ करोड रुपैयाँ रहेको छ।
झापा इनर्जीले शिवसताक्षी नगरपालिकामा १० मेगावाट सौर्य ऊर्जा आयोजना निर्माण गरेको छ, जसको कुल लागत ८७.९० करोड रुपैयाँ रहेको छ। अनुमतिपत्र बहाल अवधि २२ वर्ष बाँकी छ र इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष रहेको कम्पनीले जनाएको छ।
