राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर २ बाट दुईजनालाई उम्मेदवारको टिकट प्रदान गरेको छ । पार्टीले सुलभ खरेल र आशिष सुवेदीलाई टिकट दिएको हो ।
पार्टीका वरिष्ठ नेता बालेन शाह पक्षका आशिष सुवेदीलाई यसअघि नै रूपन्देही २ बाट उम्मेदवार बनाइएको थियो । तर, क्षेत्र नम्बर १ र २ दुवैमा बालेन पक्षका उम्मेदवारहरू निर्धारण भएपछि स्थानीय कार्यकर्ताहरूमा असन्तुष्टि बढेको थियो ।
कार्यकर्ताहरूको असन्तुष्टि र आन्तरिक दबाबका कारण पार्टीले अबेर राति सुलभ खरेललाई पनि टिकट प्रदान गरेको हो । यस निर्णयले क्षेत्र नम्बर २ मा पार्टीभित्र थप जटिलता थपिएको छ ।
रास्वपाले रूपन्देहीका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारहरू टुंग्याइसकेको छ, तर क्षेत्र नम्बर २ को यो दोहोरो टिकटले स्थानीयस्तरमा पार्टीभित्र थप असन्तुन्टी बढेको पुष्टि हुन्छ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धा हुने सम्भावना रहेको यो क्षेत्रमा रास्वपाको रणनीति के हुने भन्नेमा सबैको चासो बढेको छ ।
