काठमाडौं । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन्। नेकपा एमालेबीच गठबन्धन भएको हुँदा उनी सहजै निर्वाचित भएकी हुन्।
झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गर्दै निर्वाचित भएकी हुन्। लुम्बिनीबाट ३ वटै सिटमा कांग्रेस–एमाले गठबन्धनबाट निर्वाचित भएका छन्। महिलातर्फ झाँक्री निर्वाचित हुँदा अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ निर्वाचित भए। उनले ५ हजार ३ सय २२ मतभार प्राप्त गरे।
त्यस्तै अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। उनले ५ हजार ९७७ मतभार प्राप्त गरेका हुन्।
