काठमाडौँ । शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने क्रममा छुटेका वा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई सम्पर्कमा आउन आह्वान गरेको छ।
मन्त्रालयले त्यस्ता नागरिकहरूलाई तत्काल दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ। सरकारले वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई व्यवस्थित रूपमा राख्ने प्रबन्ध मिलाएको छ।
