मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय राजाराम मण्डललाई नेपाल फर्किएपछि काठमाडौं मेडिकल कलेज ९केएमसी० युनिट २ दुवाकोटमा सफल उपचार गरिएको छ। उपचारपछि उनी अर्को दिन नै डिस्चार्ज भएका छन्।
मलेसियामा काम गरिरहेका मण्डललाई अचानक मस्तिष्कघात भएपछि उनी नेपाल फर्किएका थिए। नेपाल आइपुगेपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगल पुगेका उनलाई केएमसी युनिट २ दुवाकोटमा तत्काल चिकित्सकीय टोलीले उपचार सुरु गरेको थियो।
केएमसीका चिकित्सकहरूले द्रुत प्रतिक्रिया देखाउँदै उचित प्रक्रिया अपनाएको कारण मण्डलको अवस्था छिट्टै सुधारिएको थियो। उपचारपछि उनको स्वास्थ्य सामान्य रहेको र अर्को दिन नै डिस्चार्ज गर्न सकिएको अस्पतालले जनाएको छ।
यो घटनाले नेपालमा मस्तिष्कघात जस्ता आपतकालीन अवस्थामा पनि स्तरीय उपचार सम्भव रहेको देखाएको छ।
