बजुरा जिल्लाको दुर्गम गाउँबाट आएको शिशुको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका सञ्चालक सुनील कुमार शर्माको सहयोगमा नयाँ जीवन पाएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थामा पुगेको बालकलाई शर्माको पहलमा निःशुल्क शल्यक्रिया गरी बचाइएको हो।
शिशुको उपचारमा परिवारले ३ लाखभन्दा बढी ऋण लागेको थियो। काठमाडौं आएपछि आईसीयू बेड नपाएर उपचारमा समस्या भए पनि सुनिल शर्माले तत्काल अघि सरेर शिशुलाई काठमाडौं मेडिकल कलेज ९केएमसी० युनिट २ मा भर्ना गराए।
शर्माको पहलमा भर्ना भएपछि शिशुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। चिकित्सकहरूका अनुसार शिशुको अवस्था स्थिर हुँदै गएको र थप उपचारपछि पूर्ण रूपमा निको हुने आशा गरिएको छ।
परिवारले सुनिल शर्माप्रति आभार व्यक्त गर्दै उहाँको सहयोगले शिशुको ज्यान बच्न सफल भएको बताएका छन्। यो घटनाले विपन्न परिवारका लागि सहयोगको महत्वलाई पुनः एकपटक उजागर गरेको छ।
