धुलिखेल नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल दुवाकोटबीच स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।
नगरपालिका र अस्पतालबीच जेठ ४ गते आइतबार एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार अब धुलिखेल नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरू, नगरका जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीहरूले केएमसी अस्पताल दुवाकोटमा विभिन्न किसिमका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिँदा विशेष सहुलियत र छुट पाउनेछन्।
यो सम्झौताले धुलिखेलका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र किफायती पहुँच पुर्याउन ठूलो मद्दत मिल्ने विश्वास नगरपालिकाले लिएको छ। छुटको विस्तृत विवरण र प्रक्रियाका लागि नगरबासीहरूले आफ्नो स्थायी ठेगाना खुल्ने परिचय पत्र वा नगरपालिकाको सिफारिस पेश गर्नुपर्ने जनाइएको छ।
