काठमाण्डौ : भारतको बिहार राज्यमा एक महिना पहिले उद्घाटन गरिएको सत्तरघाट महासेतु पुल भत्किएको छ ।
दुई सय ६४ करोड भारतीय रुपैयाँ (चार सय २२ करोड नेपाली रुपैयाँ) मा बनाइएकाे पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले ठिक एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए ।
बुधबार राति परेको भारी वर्षाकाे कारण गण्डक नदीमा पानीको मात्रा बढ्दा त्यसको भार थाम्न नसकेर पुल भत्किएको बताइएको छ ।
सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल आठ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ ।
यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।
8 वर्ष में 263.47 करोड़ की लागत से निर्मित गोपालगंज के सत्तर घाट पुल का 16 जून को नीतीश जी ने उद्घाटन किया था आज 29 दिन बाद यह पुल ध्वस्त हो गया।
ख़बरदार!अगर किसी ने इसे नीतीश जी का भ्रष्टाचार कहा तो?263 करोड़ तो सुशासनी मुँह दिखाई है।इतने की तो इनके चूहे शराब पी जाते है pic.twitter.com/cnlqx96VVQ
— Tejashwi Yadav (@yadavtejashwi) July 15, 2020
