सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीका पहिरो पिडितलाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलस, अमेरिकाले नगद रु पांच लाख सहयोग गरेको छ ।
जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा परी एकै गाँउका १५ घरका ३९ जनाको एकै चिहान भएको थियो । पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये आईतबार सम्म ३३ जनाको शव फेला परेको छ भने ६ जनाको शव अझै भेटिएका छैनन् । ६ जना बेपत्ता मध्य शव नभेटिनेमा प्रीया दोङ, प्रकाश दोङ, साईली दोङ, शोमरानी दोङ र आयूष तामाङ रहेको ईलाका प्रहरी कार्यलय जलबिरेका ईन्चार्ज प्र. नि. हरी भट्टराईले जानकारी दिनुभयो ।

अहिले पनि २५ जना नेपाल आर्मी, १५ जना शसत्र प्रहरी र १५ जना नेपाल प्रहरीको संयुक्त टोलिले शव खोज्ने कार्य गरिरहेको छ । एउटा घर जगसहित पहिरोले पुरै बगाएको र आफुसंग शव पत्ता लागाउने डिडेक्ट मेसिन नहुँदा घरेलु सामग्रीहरुको सहयोगले खोज्नु परेकोले खोजीकार्य छिटो गर्न नसकिएको भट्टराईले जानकारी दिनुभयो ।
हिमालयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलस, अमेरिकाबाट कपिल अधिकारीको संयोजकत्वमा, मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, लगायत टिमको नगद रु ५ लाख आर्थीक सहयोगमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रती परिवार पन्ध्र हजारका दरले १६ परिवारलाई र भौतिक क्षती भएका प्रति परिवार ८ हजारका दरले सहयोग रकम बितरण गरिएको हो । साथै अति पिडित तथा बिपन्न परिवारका सदस्यहरुलाई पनि ब्याक्तीगत रुपमै अलग्गै भेटेर आर्थिक सहयोग गरेको छ । जुन सहयोग रकम अर्जुन बिष्ट, बिरेन्द्र धामी, मानोज श्रेष्ठ सम्पती लामाको संयुक्त टोलिले घटना स्थलमै पुगेर पिडितहरुलाई हस्तान्तरण गरेको थियो ।


यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छजना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो ।

पीडित गाउंको वेदनाको कथा युट्युब मार्फत सार्वजानिक गरेका पत्रकार अर्जुन बिष्ट लगाएतको टिम मार्फत फाउण्डेशनले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेको यो दोस्रो पटक हो । असारमा बार्हबिसेमा गएको बाढीपहिरो र हाल लिदिमा गएको बाढी पीडितको लागि तत्काल गरिको सात लाख रुपैंयाको अलावा बाढी पीडितहरुको सुरछित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको ‘गो-फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।



