काठमाडौँ । गर्भवस्थामा एक विशेष अवस्था हो । यस्तो अवस्थामा महिलाले आफ्नो स्वस्थ्य प्रति विशेष रुपमा ध्यान दिनुपर्छ । विशेषगरी गर्भवस्थाको पहिलो चरणमा (तीन महिना) एक निकै सावधानी अपनाउनु पर्दछ ।
यसबेलामा खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने लगायतका समस्या देखापर्दछन् भने गर्भवस्थाको दौरानमा शरीर निकै परिवर्तनको समय कटाउनको गाह्रो हुन्छ । गर्भवस्थामा के खाने, के नखाने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो।
कस्ता खानेकुरा सेवन गर्ने भन्ने बारेमा जानकारी हुन नसक्दा गर्भखेर जाने कारणले आज हामी गर्भवस्थामा कस्ता खानेकुरा महिलाको लागी कस्ता पोषकतत्व जरुरी छ भन्ने बारेमा बताउँदैछौं ।
१.सागसब्जी र फलफुल
गर्ववस्थाको समयमा विभिन्न अन्यबेलाको तुलनामा सागसब्जी र फलफूल शरीरलाई बढिनै आवश्यक पर्दछ । सागसब्जी खादाँ रुटिग बनाएर दैनिक रुपमा परिवर्तन गरेर भोजनमा सामेल गर्नुहोस् ।
यस्तो अवस्थामा लौका, पालकको साग, बन्दागोबी, लगायतका सब्जी पनि लिन सकिन्छ । भन्टा, मेवा, गुडले ताप पैदा गराउने कारणले यस्ता खानेकुरा सेवन गर्दा डाक्टरको सल्लाह लिनुपर्दछ ।
मैदाबाट बनेका खानेकुराले शरीरमा पानीको मात्रा कम गराउने कारणले शरीरमा ग्यास बढाउछ । त्यसैले ब्रेड, पिज्जा आदि खानेकुराबाट टाढा रहनुहोस् । फलफुलमा केरा, कालो अंगुर, खान सकिन्छ, भने खजुर, काजु खाएमा शरीरलाई फाइदा गर्दछ।
२.भिटामिन र मिनरल्स
गर्भवस्थामा सन्तुलित भोजनको निकै जरुरी छ । भोजनलाई सन्तुलित बनाउनका लागी सम्पूर्ण भिटामिन र खनिजले सघाउँछ।
गर्भवती महिलालाई दैनिक डाइटमा समृद्ध ३ आइरन र भरपुर भोजन चाहिन्छ जसबाट २५ मिनीग्राम आइरन प्राप्त हुन्छ, यस बाहेक १ हजार देखि १४ सय मिलीग्राम क्याल्सीयमको आवश्यकता पर्दछ । जुन दुध, मक्खन, पनिर लगायतबाट पाउन सकिन्छ।
३.भिटामिन ‘ए’
गर्भवस्थामाको दौरानमा भिटामिन ‘ए’को निकै आवश्यकता पर्दछ । भिटामिन ‘ए’युक्त खानेकुरामा गाजर, शखरखण्ड, आरु , सागसब्जी र फलफुल लगायतका खानेुकुरा पर्दछन् ।
हालको अध्ययन अनुसार भिटामिन ‘ए’ को कमीले गर्भखेर जाने सम्भावना अधिक हुन्छ भने कुपोषण सिकार पनि हुन्छ ।
४.भिटामिन ‘सी’
गर्भवर्ती महिलाको लागी भिटामिन ‘सी’पनि निकै आवश्यक पर्दछ । ७० मिलीग्राम भिटामिन ‘सी’गर्भवर्ती महिलाको लागी दैनिक रुपमा अतिआवश्यक पर्दछ । यसको लागी प्रतिदिन भोजनमा गोबी, हरियो खुसार्नी, सुन्तला, अंगुर, स्टोबेरी सामेल गर्नुपर्दछ ।
गर्भवस्थामा के नखाने त ?
१.फ्रिजमा राखिएको खानेकुरा नखाने ।
२.बासी खानेकुरा नखाने ।
३.कोल्ड ड्रिंक, धुम्रपान र मद्यपानबाट टाढा रहेर चिकेन ,मटन, एक्कोहल, पान मसला, मैदाबाट बनेको खानेकुरा आदि बाट टाढा रहने ।
४.चिया र कफी लिमिट मात्रामा मात्र सेवन गर्ने ।
५.पच्न भारी हुने खानेकुरा नखाने ।
७.तेज मसलाबाट बनेको भोजन नगर्ने ।
