दोलखाबाट उपचारका लागि भनेर आमाजूसँग काठमाडौँ आएकी एकजना सृजना नेपाली एकजना एकाएक कोयेश्वरबाट एकजना युवासँग कतै गइन्। काठमाडौँमा दाजुभाउजू भएको ठाउँमा जाने भन्दै आएकी थिइन्, बाटोमा आउँदा एकजना केटासँग एउटै सिटमा बसेर आएकी थिइन् तर काठमाडौँमा आइपुगेपछी एकजना युवासँग गएकी थिइन् तर उनी कहाँ गइन्,के गर्दै छिन्,किन गइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन।
अहिले त्यी आमाजू दिदीलाई सोधपुछ गर्दा आफूलाई त्यति धेरै उसको बारेमा थाहा नभएको र कोटेश्वर झर्नेबित्तिकै त्यो केटासँग गएको र आफू अब बुबा आमाको घरमा जाने भनेर बताएको उनकि आमा जूले बताएकी छिन्।बुहारी सम्पर्कमा नआएपछि उनकी दाजु र जेठानी दिदीले खोजी गर्न भनेर मिडियामा आएको बताएकि छन्।त्यी बुहारीले केही तोला साथमा लगाउने पनि गरेको र श्रीमानले विदेशबाट पैसा पठाउँदा पनि उसैको नाममा पठाउने गरेका पनि भनिएको छ।तर उनी त्यो पैसा लिएर कहाँ गएकि छिन् अहिलेसम्म एकिन हुनसकेको छैन।
बुहारीको दाजु समेत बहिनीको खोजी गर्न भनी आएका छन्।उनलाई पनि आफ्नो बहिनी कहाँ गएको अत्तो पत्तो छैन।उनी भन्छन्,बहिनी हराएकै भए नि आमाजूलाई त थाहा हुनु नै पर्ने हो किनभने उनीहरू सँगै यात्रा गरेर आएका हुन्।अहिले उनलाई फोन गर्दा फोन पनि लाग्दैन।एकपटक चाहिँ उनले बुबालाई फोन गरेको तर त्यसपछि अहिलेसम्म फोन लागेको छैन।
बुहारी सामान्य मानसिक बिरामी पनि थिइन्,उनलाई काम्ने,कहिलेकाही अलिक आअरो पार्ने खाल्को बिरामी भएको कारण खासमा ह्नी उपचार गर्न भनेर नै आएकी थिइन् काठमाडौँमा।अहिले उनी कतै धामीकहँ गएकी छिन् या अन्त कतै गएकी छिन् भन्ने समेत टुङ्गो हुन सकेको छैन।सँगै आएकी आमाजू समेत आफूलाई थाहा नभएको जस्तो गरि नाजवाफ भएको जानकारी गराउँछिन्।
