नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा तीन बुँदे फरक प्रस्ताव राखेका छन् । गत ३ असोजको स्थायी कमिटी बैठकमा पनि भुसालले लिखित रुपमा फरक प्रस्ताव राखेका थिए ।
केन्द्रीय कमिटी बैठकमा पनि भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राखेका छन् । उनले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका छन् ।
