नवराज परियार, बागलुङ : बागलुङको निसीखोला गाउँपालिका भित्र रहेका माध्यमिक तहका कम्प्युटर शिक्षकहरुको लागि तीन दिने कम्प्युटर डिजिटल साक्षरता एवम् नेटवर्किङ तालिमको सम्पन्न भएको छ ।
निसीखोला गाउँपालिकासँगको समन्वयमा कर्मफलाईट्स फाउन्डेन्स नेपाल र एजुटेक नेपालको संयूक्त आयोजनामा गाउँपालिका अन्र्तगत १० सामुदायिक विद्यालयका २२ जना कम्प्युटर विषय पढाउने शिक्षकका निम्ति तालिम दिइएको हो । उक्त तालिममा पालिका भित्र रहेका ९ वटा माध्यमिक तहका २० जना
कम्प्युटर शिक्षकहरु सहभागी भएका थिए । समापन कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराम पुनले पालिका भित्र रहेका विद्यालयहरुमा कम्प्युटर र ईन्टरनेटको व्यवस्था गर्ने र यस्ता खालका कार्यक्रम सम्पुर्ण शिक्षकहरुलाइ आवश्यक रहेको बताए । सूचना र प्रबिधिको विकाससँगै शिक्षालाई
पनि प्रबिधिसँग जोडेर लैजाउनु पर्ने भन्दै त्यसका लागि शिक्षक दक्ष हुनु पर्नेमा जोड दिऐ । कार्यक्रममा एजुटेक नेपालका युनेश बज्राचार्य र कर्मफलाईट्स फाउन्डेशनका राजु परियारले तालिमको सहजीकरण गरेका थिए ।
