राप्रपा पटक पटक विभाजित भएपछि उनी अध्यक्ष हुँदा जुक्ति रचे । आफूसहित तत्कालीन अध्यक्षत्रय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले गीता छोएर कहिले पार्टी नफुटाउने कसम खाने । कार्यक्रम नै गरेर कसम पनि खाए ।
अहिले थापा राप्रपा फुटाउन लागिरहेका छन् । उनले स्थानीय चुनाव अघि नै नयाँ पार्टी खोल्ने तयारी गरिसकेका छन् । आजै निकटस्थसँग छलफल गर्दैछन् । चुनाव घोषणा नहुँदै थापाले नयाँ दल दर्ता सम्मको तयारी थालेका छन् ।
कमल थापालाई पार्टी फुटाउनबाट रोक्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निवासमै पुगे । उनले उचित स्थान दिने भन्दै सम्झाए । तर, थापा नयाँ दल बनाउन बढेका छन् ।
विगतमा खाएको गीताको कसम मात्र कसममा सिमित हुने सम्भावना देखिदैछ । यसबाट उनको धर्मको मुद्दामाथि नै शंका गर्ने ठाउँ बन्नसक्छ ।
