नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई आयोगले परिचयपत्र दिन लागेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको जानकारी दिए।
उनले भने ‘बढीभन्दा बढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसन्चार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारणसमेत भैरहेका छन्।’
आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ। नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामावलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
