काठमाडौं महानगरपालिकाले आज कार्यपालिका बैठक गरेको छ।
कार्यपालिका बैठकमा वडाध्यक्षहरूले आफ्ना वडामा देखिएका समस्याहरूबारे जानकारी गराएका छन्।
वडाध्यक्षहरूले सडक खाल्डा परेकोले तत्काल पुर्नुपर्ने, बर्खामा पानी धेरै पर्ने भएकोले पानीको निकासको व्यवस्था गर्नुपर्नेलगायत माग गरेका छन्।
बैठकमा मेयर बालेन शाहले विभिन्न एजेन्डाहरू राखेका छन्। ती एजेन्डा केन्द्रित र समसामयिक विषयमा कार्यालिका बैठकमा छलफल भएको छ।
