काठमाडौँ, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्।उनीविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा उनी गएका हुन्।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा समितिको बैठक बसेको छ।महाभियोग सिफारिस समितिले जबरासँग बुधबार बयान लिने तयारी छ।
समिति गठन भएको झन्डै ६ महिनापछि यही भदौ १ गते समितिको पहिलो बैठक बसेको थियो।
