बझाङको जयपृथ्वी नगरपालिकामा अब्यवस्थित प्रदेश सरकार अन्तर्गत रहेको बझाङ जिल्ला अस्पतालमा बिरामीहरुलाई निकै सास्ती भएको छ। प्रदेश सरकार अन्तर्गत रहेको यस क्षेत्रको ठूलो सरकारी अस्पतालको रुपमा रहेको बझाङ जिल्ला अस्पतालको फितलो व्यवस्थापनका कारण बिरामीहरुलाई निकै सास्ती भएको स्थानियले बताएका छन्।
सरकारी अस्पतालमा राम्रो र सस्तो उपचार पाइन्छ भन्ने आशामा टाढा—टाढा आएका बिरामीहरु सामान्य चेकजाँच बाहेकको अन्य सेवा सुविधा नपाउँदा निजी क्लिनिकमा गएर उपचार गराउन बाध्य रहेका छन् ।
जयपृथ्वी नगरपालिका वडा नं।—१ कैलाश पिमीका स्थानीय चक्र बहादुर शाही आफू बिरामी हुँदा बझाङ जिल्ला अस्पताल सिमखेतमा गएको तर त्यहाका एक कर्मचारीले एक ठाउमा सुई हान्ने ठाउमा आफूलाई अर्को ठाउँ अर्थात कानको पछाडि पटक-पटक तीन चोटी सुई हानेर फेरि निकाल्ने गरेको र आफूलाई सुई हानेपछि धेरै गार्हो भएर दिमागले काम गर्न छोडेको शाही बताउछन्। अहिले शाही काठमाडौको सिभिल हस्पिटलमा ब्लड क्यान्सर देखिएर जीवनमरणको दोसाँधमा तड्पी – तड्पी बाचेका छन्। आफूलाई गलत ठाउमा सुई हानेको पिडीत शाहीले महसुस गरेपछि उनलाई सुई हान्ने कर्मचारी त्यसदिन पछि पिडीत शाही भएको ठाउँमा आउन नै बन्द गरेका शाहीले बताएका छन्।
शाहीले अस्पताल संचालनको व्यवस्थापन कति पनि नभएको बताए । व्यवस्थापन फितलो हुँदा उपचारका लागि अस्पताल पुग्ने आफूजस्ता धेरै बिरामीहरुले सास्ती खेपिरहनु परेको उनले बताए ।
