काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले थापाथलीस्थित फुटपाथबाट हटाएकी शर्मिलालाई धरानका मेयर हर्कले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।
युएन पार्कनजिकै बागमती किनाराको सुकुम्वासी बस्तीमा बनाइएको झुपडीमा बस्दै आएकी शर्मिला तामाङको ठेला बिहीबार काठमाडौंको नगरप्रहरीले खोस्यो।
शुक्रबार थापाथलीस्थित प्रसूति गृहको दुई नम्बर गेट अगाडि पानीपुरी र चटपटे बेच्ने ठेला खोसिएपछि उनले रोएका र बिलौना गरेका भिडिओ अहिले भाइरल भइरहेका छन्।
यसलाई लिएर मेयर साहको कार्यशैली निन्दनीय भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ।
यस्तोमा सुरुदेखि नै बालेनको कार्यशैलीको आलोचना गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शर्मिलालाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।
बालेनले राजधानी संरचना तोडफोड गर्दा पनि विरोध गरेर भाइरल भएका साम्पाङले शुक्रबार साँझ उक्त घोषणा गरेका हु्न्।
‘यी बैनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु’, क्षण क्षणमा स्टाटस लेखिरहने उनले उनले शुक्रबार साँझ फेसबुकका शर्मिला रोइरहेको फोटो हाल्दै भनेका छन्।

