काठमाडौं l पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको अपांग संघले कलाकार पवन खतिवडा (म्याकुरि) बिरुद्ध मुद्धा दर्ता गरेको छ ।
शुक्रबार द पिके भाइन्स युटुव च्यानल मार्फत प्रसारण भएको एक भिडियो सामाग्रीको संबादमा अपांगता भएका ब्यत्तिमाथि अपमानजनक सब्द प्रयोग भएको भन्दै मुद्धा दर्ता गरेको हो ।उनले बोल्न नसक्ने एकजना पात्र लाई भिडियोमा लाटो भनेका थिए।
कलाकार खतिवडाले यो सम्बन्धमा माफि मागिसकेका छन् र भिडियो इडिट गर्ने कुरा समेत बताएका छन्।
राष्ट्रीय स्तरको कलाकारबाट अपांगता भएका व्यक्तिहरुलाई प्रयोग गरिने भाषाको उचित प्रयोग नभएको साथै उक्त दृश्यमा देखाउन खोजिएको अभिनयले यस्ता व्यक्तिलाई थप अपमान गरेको भन्दै सामुदायिक ग्रामीण अपांग उत्थान संघ केन्द्रिय कार्यालय मधुमल्लाका अध्यक्ष खगेन्द्र चौहानले मुद्दा दर्ता गरेको बताएका छ्न

