अ’भिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भा’इरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचि’त्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो ।
कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट को’शेलीका प्रकाश सुवेदीले जानकारी दिए ।
सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए । सोहि का’र्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ ।
यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो । निशालाई नि:शुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अव’स्था मेघासम्म पुर्याई उप’चारको लागि पहल गरेका थिए ।
टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभि’यानले हालसम्म ४ सय बढि कला’कर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।पूर्वेली न्युज बाट
