काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेतो कोट दिवस मनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्मान स्वरुप सेतो कोट दिवस हो ।
सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विदेश पलायन रोक्ने, सम्पुर्ण सरोकारवालहरुबिच समन्वय र सद्भाव कायम गर्ने र सेतो कोटको रक्षा गर्नु सबैको साझा दायीत्व हो भन्ने भावनाको विकासका लागी दिवस मनाईएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बताए ।
मन्त्री बस्नेतले आफुले पदभार सम्हालेदेखि नै यो बर्षदेखि सेतो कोट दिवस मनाउने घोषणा गर्दै आएका थिए । मगंलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा विश्व मानसिक स्वास्थ्य दिवससंगै सेतो कोट दिवस पनी मनाईएकोे हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मी र बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
