काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । काठमाडौंको बौद्धस्थित ह्यात रिसिडेन्सी होटेलमा सम्मेलन हुन लागेको हो । उक्त सम्मेलनमा १००० भन्दा बढी अनुसन्धानकर्ता सहभागी हुने बताइएको छ ।
‘दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ भन्ने मुल नाराका साथ हुन गइरहेको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । सम्मेलनमा नेपाल बाहृेक भारत, स्वीजरल्याण्ड, बेलायत, अष्टेलिया, अमेरिका लगायतका देशहरुबाट स्वास्थ्य अनुसन्धानकर्ता सहभागी हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रमोद जोशीले बताए ।
उक्त सम्मेलनबारे पुर्ण जानकारी गराउन सोमबार पत्रकार सम्मेलन गरीएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सचिव डा। जोशीले स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मूर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रुपमा नीति र योजनामा सहमावेश गराउन यस्ता सम्मेलनहरुले ठूलो भूमिका खेल्ने बताए ।
डा। जोशीले भने,‘ सम्मेलनले स्वास्थ्य र जनसंख्याका क्षेत्रमा हुने अनुसन्धानको विकास गर्न र स्वास्थ्यका प्राथमिकताहरुमा छलफल गर्न अनुसन्धानकर्ता, साझेदार, शिक्षाविद्हरु र नीतिनिर्माताहरुलाई एउटै मञ्चमा ल्याउने छ । ’ डा।जोशीका अनुसार सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालले नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने र नसर्ने रोगहरु र मानसिक स्वास्थ्य लगायत १५ वटा भन्दा बढी बिषयमा सामूहिक छलफल हुने जानकारी दिए । सम्मेलनमा उत्कृष्ठ स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ ।
काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलन हुदैँ, गरियो यस्तो तयारी
काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलन हुदैँ, गरियो यस्तो तयारी
तपाईको प्रतिक्रिया
