काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले डोटीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । डोटीको दिपायलमा दिल्पेश्वर माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।
बिरामीमध्ये १०३ जनाको ईसीजी, २११ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे, ६५ जनाको ईको गरिएको थियो भने ५७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले सभापतित्व गरेको कार्यक्रममा सांसद डा। शर्मा, केएमसीका महाप्रबन्धक दाहाल, समाजसेवी सुभाष पोख्रेल लगायतले मन्तव्य दिएका थिए ।
डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

