काठमाडौँ । पछिल्लो समय काठमाडौँमा रहेका औषधी पसलहरुले कानुनविपरित लागु औषध बेच्न थालेका छन् ।
कानुनको ध्वज्जी उडाएर औषधी पसलहरुले खुलेआम लागु औषध बेच्न थालेका.हुन् ।
यसरी अवैध रुपमा लागुऔषध बेच्ने केही औषधी पसलमा लागु औषध नियन्त्रण ब्यूरो र औषधी व्यवस्था विभागको टोलीले छापा मार्न थालेको छ । गोप्य सुचनाका आधारमा लागुऔषध बेच्ने मेडिकलहरुमा छापा मार्न थालिएको लागुऔषध व्यवस्था व्यरोका एसएसपी गोविन्द थपलियाले बताए ।
पछिल्लो समय लागु औषध प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको थपलियाको भनाई छ । उनले भने, “लागुऔषध प्रयोगकर्ता र लागु औषध दुव्र्यसन गर्नैहरुको संख्या बढेको हामीले महसुस गरेका छौ ।”
२०८०÷८१ मात्रै लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार भन्दा बढी रहेको बताए ।
भारतसंगको खुल्ला सिमानाका कारण नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ जस्ता लागुऔषध नेपाल भित्रिने गरेको उनको भनाइ छ ।
यसरी लुकिछिपि नेपाल भित्र्याएर अवैध रुपमा बेच्नेहरुमाथि एकएक गरी कारबाही गर्न थालिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताएका छन् । लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार निषेधित कार्य गरेको पाइए कारवाही गर्न थालिएको उनले बताए ।
औषधी व्यवस्था विभागका महानिर्देशक ढकाल नेपालको स्वास्थ्य औषधी व्यवस्थामा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले नेपालको औषधी व्यवस्थामा नियमन, निगरानी, योजना बनाउने, औषधी उत्पादन र वितरणको व्यवस्था गर्ने काममा महत्तपुर्ण योगदान पुर्याएका छन् ।
ढकालले नेपालको स्वास्थ्य औषधी व्यवस्थामा विभिन्न क्षेत्रहरूमा काम गरेका छन्, औषधी नियमन, औषधी निगरानी, औषधी योजना बनाउने, औषधी उत्पादन र वितरणको व्यवस्था गर्ने लगायतका यी यावत काम गरेका छन् ।
लागुऔषध व्यवस्था व्यरोका एसएसपी गोविन्द थपलिया र औषधी व्यवस्था विभागका महानिर्देशक ढकालको टिमले लागुऔषध नियन्त्रण गर्नमा महत्वपुर्ण भुमिका निभाउदै आएका छन् ।
उनीहरुले लागु औषध बेच्ने पसलहरुमा छापा मारेका केही भिडियो हामीले राइटसंचारबाटै सार्बजनिक गरेका थियौ । जुन भिडियोहरुमा बढी जसो युवाहरु मात्रै खदि बिक्रि गर्नमा संग्लन थिए ।

आजका यूवा भोलिका देशका खम्बा, राष्ट्र निमार्णका संवाहक हुन् । कुनै पनि देशको सर्बाङ्गिण विकास यूवाहरुको संरक्षण, सर्वद्धन, परिचालन बिना सम्भव हुदैन तर पनि वर्तमान देशको अवस्थालाई पहिचान गर्दा यूवाहरुलाई पूर्ण रुपमा सुर्मागमा हिडाउन सकिएको छैन ।
आजका यूवा विभिन्न सामाजिक विकृति, विसङति र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागू औषध दुव्र्यशनी एक प्रमुख समस्या हो । लागु पदार्थ दुव्र्यसनीको समस्या अहिले नेपालमा मात्र नभई विश्वभरमा नै ठूलो समस्याको रुपमा रहदै आएको छ ।
यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले देशको विकासका लागि दिनप्रतिदिन समस्याहरु थपिदै गएका छन् । लागू पदार्थ एवम औषधको दुव्र्यसनीको संख्या विश्वमा नै बढ्दै जानुले विश्व समाजलाई प्रभावित पारिरहेको छ ।
