काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो।
सुदूरपश्चिमले दिएको ८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे। शर्टले ४ चौका र ३ छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्याएर आउट भए।
आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट भए। उनलाई पनि खरेलले नै दिपेन्द्रको हातबाट क्याचआउट गराए। आसिफ यहि सिजन जनकपुरबाट रिलिज भएर लुम्बिनीमा अनुबन्ध भएका हुन्।
उनलाई पहिलो सिजन जनकपुरले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो। लुम्बिनीमा आएपछि उनले सम्मानजनक रन बनाएका हुन्।
अर्को ओभरमा निरोशन डिकवेला व्यक्तिगत ७ रन बनाउँदा दिपेन्द्रको बलमा बोल्ड भए। शामिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।
