दार्चुलाको नौगाड गाउँपालिका वडा नं ३ मा खारखोला थुनि,एको छ। खोलामा आएको बा,ढीले खारखोला र नौगाड नदीको दोभानमा ड्याम बनेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन्।
बिहीबार बिहान खोलामा आएका बाढीले ड्याम बनेको हो। ड्यामका कारण नजिकै रहेको बस्ती जो,खि,ममा परेको उनले बताइन्।
उनले भनिन् ‘अहिले खोला र नदीको दोभानमा ड्याम बनेको छ। ड्याम खोल्ने प्रयास भएको छैन् । स्थानीयहरु आँफै ड्याम खोल्नका लागि प्रयास गरिरहेका भएपनि सम्भव भएको छैन्।’
नौगाडमा बनेको ड्यामले एक्कासी फु,टेमा तलतिरको बस्तीमा समेत जो,खि,म हुने स्थानीय प्रेमबहादुर ठगुन्नाले बताए। उनले भने ‘ड्यामले नौगाड गाउँपालिका ३ को जामीरमा जो,खि,म बढाएको छ । ड्याम समयमै नखोलिए तलतिरको बस्ती समेत जो,खि,ममा पर्नेछ।’
खोलामा बाँध बाँधिएर पानीको निकास भएपछि अहिले स्थानीयहरुले आफ्नै प्रयासमा बाँध खोल्ने कार्य गरिरहेका छन्। स्थानीय सरकारले समेत कुनै चासो नदिएको उनीहरुको आ,रो,प छ।
बा,ढी र प,हिरोका कारण बिहीबार मात्रै दार्चुलाको नौगाडमा तीनजनाको ज्या,न गएको थियो।
