भरतपुर । असार १४ गतेदेखि बे’पत्ता विना सापकोटाबारे थप जानकारी आएको छ । विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा थिइन् । घ/टना थप र’हस्यमय बनेको छ ।आफ्नो फोन पनि केटासाथीसँग रहेपछि फोनविहीन बनेकी विनाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागेकी थिइन् ।
उनले त्यो फोनबाट ११ सेकेन्ड उनै केटासाथी प्रवेशसँग बोलेकी थिइन् । आफूसँग फोन मागेर केही बोलेपछि फोन दिएर ती युव’ती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् । एउटी केटी आत्तिएजसरी हिँडेर किनारतर्फ लागेपछि घरमा अभिभावकलाई खोज्नका लागि समेत जानकारी गराएको ती युवाले विनाको बुबासँग बताएका छन् ।
सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको देखिएपछि प्रहरीले बजार क्षेत्रको अन्य सिसी क्याम’रामा उनको खोजी गरिरहेको थियो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले विनाको विषयमा थप जानकारी आएको बताए । उनले भने,‘नदीकिनारतर्फ जाने एक पसलको सिसी क्यामराबाट उनी किनारतर्फ गएको देखिन्छ ।‘स्थानीयले एकैछिन किनारतर्फ एउटी केटी आत्तिँदै गएको देखेपछि खोजेको पनि रहेछन्,’ डिएसपी थापाले भने, ‘एकैछिन खोजे, नभेटेपछि स्थानीय घर फर्किए ।’
नदीकिनारतर्फ गएकी उनको खोजी प्र/हरी र आफन्तले तीव्र पारेको छ, तर भेटाउन सकेको छैन । प्र/हरीले नि’यन्त्रणमा रहेका भनिएका प्रवेश हाल अस्पतालमा रहेको जनाएको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ आएका थिए । उनले केही घन्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् ।
प्रवेशविरूद्ध अहिलेसम्म दुईवटा उजुरी प्र/हरीमा दिइएको उनको भनाइ छ । छोरीको अवस्था पत्ता नलागेको तर प्रवेशलाई भने अभिभावकको जिम्मामा छोड्ने प्र./हरीले तयारी गरेकोमा उनले आपत्ति जनाएका छन् ।
