नेपाली समाजमा बढ्दै गएको क्रुर र अमानवीय घटनाको एउटा कहालीलाग्दो रुप संखुवासभाको मादीमा घट्दा धेरैले मोरङको मिक्लाजुङमा दुई परिवारको वंश विनाश हुने गरि भएको घटना र रुकुमको चौरजहारी सोतीमा घटेको घटनालाई पनि स्मरण गरेका छन् ।
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्याका अभियुक्त आइतबार सार्वजनिक गरियो । आईतबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले सङ्खुवासभाको चैनपुरमापत्रकार सम्मेलनगरि अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दा धेरैले एउटा परिवारको वंश विनाश भएको त्यो त्रासदीलाई सम्झिए ।
अभियुक्तकार्कीले नातामा ठुलो बुवा पर्ने तेजबहादुर कार्कीलाई मात्रमार्न खोजेको तर परिवारका अन्य सदस्यहरुले पनि देखेपछि प्रमाण मेटाउन उनीहरुलाई पनि मारेको स्वीकार गरेका छन् । तेजबहादुरले गत सोमबार विहान ५ बजे तिर नै अभियुक्त कार्कीको घरमा धान गोड्ने खेतला बोलाउन पुग्दा भतिज लोकबहादुर सुतिरहेको भेटेपछि गाली गरेका थिए ।
त्यसअघि पनि सुध्रिने अपेक्षा सहित तेजबहादुरले लोकबहादुरलाई गाली गर्दै आएका थिए । तर सोमबार विहानको गाली तेजबहादुरलाई मात्र महंगो परेन पूरै परिवारले त्यस्को बोझ बोक्नु पर्यो । यो घटनापछि नेपाली समाज अत्यन्त क्रुर र निर्दयी बन्दै गएको भन्ने समेत पुष्टि भएको छ ।
