गायिका सिर्जु अधिकारीले नयाँ गीत ‘नजरैले हानेर’ ल्याएकी छन् । शब्द तथा संगीत उनकै रहेको गीत गायनमा उनलाई प्रविन बेडवालले साथ दिएका छन् । गीतको भिडियोमा पनि गायिका सिर्जुलाई नै देख्न सकिन्छ उनलाई भिडियो अभिनयमा आकाश श्रेष्ठ र आर्यन सिग्देलले साथ दिएका छन् ।
कविराज गहतराजको निर्देशन रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मका अभिनेतासँग पहिलेदेखि नै काम गर्ने इच्छा रहेपनि यो गीतको भिडियोले शो इच्छा पुर्याएको गायिका सिर्जुले बताइन् ।
