असार २४ ।
लोकदाहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम क्षेत्री र सचिव भक्तिराम घिमिरको सहकार्यमा नया गित बजारमा आएको छ । गायिका शान्ता रानी परियार र गायक भक्तिरामको स्वरमा रहेको ‘मोयै लाग्दैन र’बोलको गित बजारमा आएको हो । लोकदाहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष समेत रहेको मोडल असिम क्षेत्री र मोडल गीता ढुङ्गानाको दमदार अभियान र नृत्यमा गित बजारमा आएको हो ।
गायक एवम सर्जक श्रीधर अधिकारीको शब्द संगित रहेको गित असिम क्षेत्री युटूव च्यानलबाट बजारमा आएको हो । यसअघि पनि विभिन्न गीतहरूमा अभिनय गर्दै चर्चा कमाइसकेका क्षेत्रीले यस गीतमार्फत पुनः दर्शकको सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरेका छन ।असिमका यसभन्दा अघि बजाउ माया थपडी ,दमिनी ,तिम्रो सिउदो भर्न सकिन ,झटो हैन सुनकेशरी ,संगै गरम उकाली ओराली ,पानी नजर ,दशै आयो, रुन नपरोस लगाएत थुप्रै गित बजारमा आएका छन ।
जेरी भण्डारी निर्देशन गरेको गितले यतिबेला टिकटकमा छोटो समयमै धेरैको माया पाएको छ । यता यो गित गाएका लोकदाहोरी गित प्रतिष्ठान कपिलवस्तुका सचिव भक्तिरामको यो पहिलो औपचारिक लोकदोहोरी गीत हो। सञ्चारकर्मीका रूपमा समेत सामाजिक, सांस्कृतिक र समसामयिक गतिविधिलाई निरन्तर उजागर गर्दै आएका छन लोककला र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
निर्माण टिमले दर्शक तथा शुभेच्छुकहरूलाई गीत एकपटक हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन हार्दिक अनुरोध गरेको छ। विशेषगरी मोडल असिम क्षेत्रीले आगामी सिर्जनालाई अझ परिष्कृत बनाउने उद्देश्यले दर्शकको प्रतिक्रिया र सुझावको अपेक्षा गरेका छन ।
