काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा अहिले खेल सुरु भएकाे छ ।
आजकाे खेलमा नेपालले तीन खेलाडीमा परिवर्तन गरेकाे छ । आजकाे खेलमा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् । यूएईसँगकाे खेलमा खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख भने आज बेन्चमा छन् ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।
यसअघि नेपालले पहिलाे खेलमा ओमानलाई ६ विकेटले हराउँदा दाेस्राे खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।
