नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् ।
ओलीले गल्ती सच्याए उनलाई पनि ठाउँ दिन सकिने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम पछि नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले पत्रकारसंग भेटघाट गरेका थिए । सो कार्यक्रममा
एमालेका माधव नेपाल पनि सहभागी थिए ।
सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए । ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ
। केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा
ओलीले गल्ती सुधार गर्ने हो भने ठाउँ दिन सकिने बताएका छन्।
