काठमाडौँ । एउटा कुकुर मृत्यु भईसकेका आफ्नो मालिकको प्रतिक्षा बिगत ५ बर्षदेखि अस्पतालको गेटमै गरिरहेको छ भन्दा तपाईलाई पक्कै पनी अचम्म लाग्दा । हो, तपाई जस्तै शुरुमा हामीलाई पनी अचम्म लाग्यो । तर उसका हाउभाउ र क्रियाकलापहरुले सबैलाई पत्याउन बाध्य पार्छ ।
अस्पतालको गेटमा देखिने यो कुकुरको नाम हो खैरे । हेर्दा अरु कुकुरहरुजस्तै सामान्य लागेपनि यसलाई अरु कुकुरसंग तुलना गर्न पटक्कै मिल्दैन् । यदि त्यसो गरिएमा यसमाथि अन्याय हुन् जान्छ् । कारण हो यसको ईमान्दारीता र बफदारिता । यो कुकुर बिगत ५ बर्ष अगाडिदेखि ललिलपुर नेपाल मेडिसिटि अस्पतालको ईमरजेन्सी वार्डको गेटमै बसिरहेको छ । तपाईलाई लाग्ला अस्पतालले सुरक्षाको लागी यसलाई गेटमा राखेको होला । तर कुरा अर्कै छ । यो कुकुर आफ्नो मालिक अस्पतलाबाट बाहिर निस्किने प्रतिक्षामा बिगत ५ बर्षदेखि अस्पतालको गेटमै बसिररहेको छ । तर बिडम्बना मालिकको भने ५ बर्ष अगाडी नै मृत्यु भईसकेको छ । सायद यो कुरा खैरेलाई थाहा छैन् होला ।
यो कुकुर बिरामी परेका आफ्नो मालिकसंगै अस्पताल आएको थियो । उपचारका लागी मालिकलाई भित्र लगियो । कुकुरलाई गेटमै रोकियो । त्यतीखेरैदेखि यो कुकुर मालिक बाहिर आउने प्रतिक्षामा गेट बाहिरै कुरिरह्यो । उपचारका क्रममा मालिकको मृत्यु भयो । उनको शब अस्पतालको अर्कै गेटबाट बाहिर निकालियो । जुन कुरा यो कुकुरलाई थाहा भएन् । अनि जुन ठाउँमा यो कुकुरलाई रोकिएको थियो । त्यही ठाउँमा यसले आफ्नो निवास बनायो । र मालिकको प्रतिक्षा गरिरहेको छ । मालिकको प्रतिक्षामै यसको ५ बर्ष बितिसकेको छ । मालिक बाहिर निस्किने आशामा बेलाबेला अस्पतालको गेटतिर आँखा डुलाई रहन्छ । तर यसको आश निराशामा परिणत हुन्छ र धरधरी रोईदिन्छ् ।
कुकुरहरु मालिकप्रति कति बफादार र ईमान्दर हुन्छन् भने बिभिन्न घटनाहरु हामीले सुनेको छौ, पढेका छौ र देखेका पनी छौ । त्यही कुरालाई थप बल पुग्ने गरी यो कुकुरले प्रमाणित गरिदिएको छ की कुकुरहरु आफ्नो मालिकप्रति साच्चिकै बफादार हुन्छन् र मान्छेले भन्दा बढी माया गर्छन् ।
अस्पतालको गेट छोडेर जान नमानेपछि अस्पतालका अहिले कर्मचारीहरुले यसको पालनपोषण गरिरहेका छन् । आज कुकुर तिहारको दिन पनि अस्पतालका कर्मचारीहरुले यसको पुजा गरि मिठो मसिनो खान दिएका छन् । उनीहरुले यो कुकुरलाई मायाले खैरे भनेर बोलाउछन् । यो कुकुरप्रति अस्पतालका कर्मचारीको माया र स्नेह कम छैन् तर पनी यसले आफ्नो मालिकलाई बिर्सन सकेको छैन् । र त बिगत ५ बर्षदेखि अस्पतालको गेटमै आफ्नो मालिकको प्रतिक्षा गरिरहेको छ ।
