काठमाडौं । काठमाडौंमा माघ १० गतेदेखी सर्वाधिक धनराशीको सभापति कप हुने भएको छ । नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघको आयोजनामा सभापति कप फुटवल प्रतियोगिता संञ्चालन हुने भएको छ । आज पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जनाकारी गराउँदै लोकतान्त्रिक खेलकुद महासंघ, महाधिबेशन निर्देशन समिती संयोजक मोहनबहादुर बस्नेतले खेल क्षेत्र र खेलाडीको विकासका लागी यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

पछिल्लो समय खेलाडीहरु देहमा नै खेलबाट भविष्ट नदेखेर विदेश पलायन हुने दुखद कुरा भएको उनले बताए । साथै खेलकुदले नागरिकको सम्बन्ध सुधारमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा आफुले लिएको उनले बताएका छन् । उनले भने ‘म आफै पनि खेलाडी हो । खेल क्षेत्रका बारेमा मैले राम्ररी बुझेको छु । यो प्रतियोगिताबाट खेल क्षेत्रलाई र खेलाडीका लागी थप केही काम गर्ने अवसरको निर्माण हुन्छ भन्ने अपेक्षा लिएको छु ।’

माघ १७ गतेसम्म संञ्चालन हुने उक्त प्रतियोगितामा दुई विभागिय टोली, पाँचवटा ए डिभिजनका टिम र आयोजक गरी ८ वटा मिको सहभागिता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद २६ लाख, र उपविजेता हुने टिमले १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा संञ्चालन हुने खेलहरु नकआउट चरणमा खेलाइने आयोजक लोकतान्त्रिक खेलकुद महासंघले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
