काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा स्रोतका अनुसार बुधबार लामिछाने अदालत हाजिर हुनेछन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले लामिछाने भोलि बुधबार आफैं अदालतमा उपस्थित हुने बताए । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा रविलाई चार करोडसहित संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध विगो माग दावि गर्दै मुद्धा दायर गरिएको छ ।
