काठमाडौँ । सामाजिक अभियन्ता तथा मिडिया सन्चालिका आस्मा न्यौपाने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि छनोट भएकी छन् ।
न्यौपाने ‘International diplomats’ कार्यक्रमका लागि नेपालबाट छनोट भएकी हुन् ।
यो कार्यक्रमका लागि छनोट हुने उनी नेपालकै एकमात्र व्यक्ति हुन् । यो कार्यक्रम मार्च ३ मा सिगांपुरमा हुने बताइएको छ ।
उक्त कार्यक्रमको माध्यमबाट न्यौपानेले नेपालका विविध सामाजिक र सांस्कृतिक विषयहरूको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पाएकी छिन्। आस्मा न्योपानेले यो अवसर प्राप्त गर्नु नेपाली समाज र विकासको क्षेत्रका लागि गर्वको कुरा हो । उनको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा मात्र होइन, सामाजिक सुधार र महिला सशक्तीकरण जस्ता क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
यस कार्यक्रमले उनका विचार र अनुभवले नेपालको विकास र सामाजिक समृद्धि प्रक्रियालाई अझ बलियो बनाउन मद्दत गर्ने आशा गरिएको छ।
