काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ’मकै बारी दर्याम दर्याम, यता पनि लपक्कै उता पनि लपक्कै’ बोलको गीत यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को राजनीतिक शैलीसँग ठ्याक्कै मेल खाएको भन्दै चर्चामा छ।
यो गीतमा मानिसहरूले दुश्मनसँग पनि ठिक्क र साथीसँग पनि ठिक्क परेको नाटक गर्दै भिडियो बनाइरहेका छन्। ठिक यसैगरी, गत शुक्रबार प्रचण्डले एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई छाडेर सत्तारुढ दलहरूसँग ’लपक्कै’ हुन पुगे, जसलाई धेरैले उनको ’छेपारो शैली’ को संज्ञा दिएका छन्।
