काठमाडौं, ४ श्रावण
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने र धेरै स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मुख्यतः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा देशका पहाडी भू–भागहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानएको छ ।
त्यसैगरी कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।
यसैबीच, केही स्थानहरूमा अत्याधिक वर्षा भएसँगै नदी–नालाहरूमा जलसतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सतर्क रहन जनसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
🔔 सुझावहरू
बाहिर निस्कनु परेमा छाता, पानी–प्रतिरोधी जुत्ता र ज्याकेट अनिवार्य रूपमा साथमा राख्नुस् ।
कहिकतै यात्रा गर्नु परे वा जानुपरेमा सावधानी अपनाएर मात्र यात्रा वा बाहिरीको गतिविधि गर्ने ।
बिजुली र चट्याङका बेला सुरक्षित स्थानमा बस्नुस् ।
आवश्यक खाद्यान्न र सामग्री स्टक राख्ने — विशेषगरी बत्ती जाने सम्भावना र सडक अबरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै ।
