दरमखोला हाइड्रो इनर्जी लिमिटेडले कम्पनीले आज बिहीबारदेखि ४ दिन सम्मको लागि सर्वसाधारण कोटा आईपीओमा आवेदन सुरु गरेको छ, देशभरिका सबै नेपाली नागरिकहरू र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि आवेदन खुला गरिएको हो ।
दरमखोला हाइड्रो कम्पनीले जारी पूँजी रु १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारणमा निस्कासन गरेको छ । यस कम्पनीले कुल ३९ करोड ५० लाख मुल्य बराबरको ३९ लाख ५० हाजार कित्ता रु १००का दरले जारी गरेको छ ।
जसमध्ये स्थानियहरुको लागि १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालि नागरिकहरुको २ लाख ९१ हजार ९५० कित्ता सेयर बितरण गरिएको र बाकि रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको छ ।
साउन १५ गते देखि १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ र न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
दरमखोला हाइड्रो कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरि रहेको छ भने कुल लागत रु २ अर्ब ३८ करोड रहेको अनुमानित गरिएको छ यो आयोजनाको प्रतिमेगावाट लागत रु २४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
