काठमाडौं ।अमेरिकाको ओहायो राज्यमा करीव ३० वर्षदेखि फ्रिजमा रहेका आइभीएफ भ्रूण (फ्रोजन एम्ब्रियो) बाट बच्चा जन्मिएको छ ।
लिंड्सी र टिम पियर्स नाम गरेका दम्पतीले थाडियस डेनियल पियर्स नामक बालकलाई अमेरिकाको ओहायो राज्यमा २६ जुलाई २०२५ मा जन्म दिएका थिए। उनी करीव ३० वर्षदेखि फ्रिजमा राखिएका आइभीएफ भ्रूण (फ्रोजन एम्ब्रियो) बाट जन्मिएका हुन् । यो सम्भवत: इतिहासकै सबैभन्दा पुरानो भ्रूणबाट सफलतापूर्वक जन्मिएको पहिलो बच्चा मानिन्छ।
भ्रूणलाई ३० वर्षभन्दा बढी समयदेखि क्रायोप्रिजर्भेशन (फ्रोजन) अवस्थामा राखिएको थियो। सन् १९९४ मा, ६२ वर्षीया लिन्डा आर्चर्डले आइभीएफ मद्दतले यी भ्रूणहरू सिर्जना गरेकी थिइन्। आर्चर्ड र उनका पतिको अर्को सन्तान पनि त्यही समूहको भ्रूणबाट जन्मिएको थियो। बाँकी तीन एम्ब्रायोसलाई क्रायोप्रिजर्भेशन गरी राखिएको थियो। पछि, ती बाँकी भ्रूणहरूलाई नाइटलाइट क्रिश्चियन एडॉप्सन्सको ‘स्नोफ्लेक्स प्रोग्राम’ मार्फत दान गरिएको थियो ।
यसअघि अक्टोबर २०२२ मा फिलिप र रेचल रिजवे दम्पतीले भ्रूण दानदाताबाट लिडिया र टिमोथी रिजवे नामका जुड़वा शिशुहरू जन्मिएका थिए । उक्त भ्रूण अप्रिल १९९२ मा फ्रिज गरिएको थियो।
