काठमाडौं । उत्तराखण्डको धराली गाउँमा आएको बाढी पहिरोबाट ठूलो क्षति
भारतको उत्तराखण्ड राज्य, उत्तरकाशी जिल्लामा पर्ने धराली गाउँमा केही दिनदेखि चलिरहेको मन्सूनी वर्षासँगै आएको भारी वर्षा र बादल फाट्ने घटनाले मंगलबार ठूलो प्रकोप निम्त्यायो। यस बाढी–पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्तिहरू अझै सम्पर्कविहीन छन्।
खीर गंगा नदीको तेज बहावले दर्जनौँ घरहरू बगाएको छ। त्यहाँका होटल र बजारहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। संचार र विद्युत सेवा पनि प्रभावित बनेको छ।
यो घटना बारकोट क्षेत्र नजिकैको भूभागमा घटेको हो। स्थानीय प्रशासनले उद्धार र राहतका काममा सक्रियता देखाइरहेको छ। करीव १५०सैनिकहरू १५–२० जना व्यक्तिहरूलाई सुरक्षित उद्धार गरेका छन् ।
