काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। घरमा किरियाको काममा सघाउन आएका छिमेकीहरू भेला भएका थिए। सोही क्रममा परेको चट्याङले दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। र अन्य सात जनालाई चट्याङ लागेर घाइते भएका छन ।
दिउँसो करिब साढे चार बजे तिर किरियाको काममा सहभागी हुन आएका बेला परेको चट्याङले दैलीडाँडा निवासी ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै ज्यान गएको हो। घाइते हुनेमा ३७ वर्षीय राजकुमार घलान, ३८ वर्षीया शान्ति तितुङ, १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३४ वर्षीय प्रेमबहादुर घलान र ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन्। उनी चितवनको राप्ती नगरपालिका–११ का निवासी हुन्।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
