काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा यतिबेला भूकम्प गएको छ। पार्टीकी प्रभावशाली सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले सभापति रवि लामिछाने जेलमै रहेका बेला पार्टी परित्याग गरेपछि यसले ठूलो तरंग उत्पन्न गरेको छ। उनको यो कदमले रास्वपाभित्रको आन्तरिक किचलो र असन्तुष्टिलाई सतहमा ल्याइदिएको छ। सुमनाको बहिर्गमनसँगै डा. तोसिमा कार्की र केन्द्रीय सदस्य गणेश कार्की लगायत अन्य नेताहरूले पनि पार्टी छोड्ने चर्चा चुलिएको छ। यस घटनाक्रमले रास्वपाको भविष्य र वैकल्पिक राजनीतिको दिशामा गम्भीर प्रश्नहरू खडा गरेको छ।आजको संचार रिपोर्टमा सुरुमा सुमनाले रास्वपा छाड्नुका चार कारणबारे चर्चा गरौ । त्यसपछि सुमनापछि क-कसले छोड्दैछन् रास्वपा चर्चा गर्नेछौ ।
