नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसअघि सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिका संयोजकका अनुसार, दिउँसो १ बजे सबै पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
